• राजनीति

    प्रदेश १ प्रदेशसभा बैठक: मुख्यमन्त्री भन्छन्, ‘अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन मिल्दैन’

      ओमकार टाइम्स

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने तर्क गरेका छन्। आइतबारका लागि बोलाइएको बैठक नराख्न दबाब दिँदै उनले हालको अवस्थामा अविश्वासको प्रस्ताव समयसापेक्ष नरहेको बताएका हुन्।

    बैठकअघि मुख्यमन्त्री राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए। तर, सभामुख प्रदीपकुमार भण्डारीले र बैठक स्थगित गर्न अस्वीकार गरेका हुन्।

    प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ। मुख्यमन्त्री राई र सभामुखबीच आइतबार बिहान छलफल पनि भएको थियो। छलफलमा सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए।

    प्रतिकृया दिनुहोस