• राजनीति

    नेकपा ओली समूहका सांसदद्वारा प्रदेश १ काे प्रदेशसभा बैठक बहिस्कार

      ओमकार टाइम्स

    विराटनगर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सांसदले प्रदेश १ को प्रदेशसभा बैठक बहिस्कार गर्ने भएका छन्। मुख्यमन्त्री शेरधन राईविरूद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि रहेको प्रदेशसभा बैठक ओली समूहका सांसदले बहिस्कार गरेका हुन्।

    आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरूको बैठकले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसद रहेको बैठकमा आफूहरू नबस्ने निर्णय गरेका हुन्।

    प्रतिकृया दिनुहोस