• मनोरञ्जन

    करिनाले जन्माइन् दोस्रो सन्तान

      ओमकार टाइम्स

    बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार करिना हिजो बेलुकी सो अस्पतालमा भर्ना भएकी थिइन् । आज बिहान स्थानीय समयअनुसार साढे ८ बजे पुत्रलाभ भएको बताइएको छ ।अस्पताल भर्ना हुनुअघिसम्म करिना काममा व्यस्त थिइन् । उनले शनिबार एउटा विज्ञापनको छायाँकन गरेकी थिइन् ।

    करिना र उनका श्रीमान सैफ अली खानका यसअघि पनि एक छोरा छन् । उनीहरुलाई २०१६ मा पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । करिना सैफकी दोस्रो श्रीमती हुन् ।

    प्रतिकृया दिनुहोस