• समाचार

    कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

      ओमकार टाइम्स

    कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको हो ।

    भान्सा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा सोमबार मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस