• समाचार

    संसद पुनर्स्थापनाको खुसियालीमा प्रचण्ड-नेपाल समूहद्वारा विजय जुलुस

      ओमकार टाइम्स

    संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ ।

    सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विजय जुलुसमा सहभागीहरुले सूर्य र हँसिया हथौडा बोकेका छन् । उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।

    संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस