• समाचार

    अनलाइनमार्फत ठगी गर्ने दुई जना पक्राउ

      ओमकार टाइम्स

    चिठ्ठा परेको भन्दै अनलाइनमार्फत विभिन्न व्यक्तिसँग रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक रहेका छन् ।

    भारत विहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.२ बस्ने बर्ष ४३ को राकेश कुमार र जिल्ला पर्सा बीरगंज मनपा वडा नं.२० बस्ने बर्ष ३२ को रामपुकार प्रसाद यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक कारवाहीको लागि काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखामा ल्याइएको छ ।

    चिठ्ठा परेको जस्ता विभिन्न प्रलोभन देखाइ श्रीनिवास साह तेली, पूजा रिमाल र सुरेशकुमार कापरबाट विभिन्न मितिमा रकम आफ्नो खातामा लाखौं रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएपछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेर दुवै जनालाई पक्राउ गरेको हो । दुवै जनालाई प्रहरी हिरासतमा राखेर ठगीअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस