• समाचार

    आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ

      ओमकार टाइम्स


    अछाम । आफ्नै आमाकाे हत्या गरेकाे अभियोगमा छोरालाई प्रहरीले पक्रेकाे छ । ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

    जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको अभियोगमा जिल्ला प्रहरी कार्यालय अछाम र ईलाका प्रहरी कार्यालय साफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई  नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस