• स्वास्थ

    पछिल्लाे २४ घण्टामा देशभर १ सय १२ जना काेराेना भाइरस संक्रमित, ४ काे मृत्यु

      ओमकार टाइम्स

    काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ। पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या दुई हजार ७ सय ७१ पुगेको छ।

    प्रतिकृया दिनुहोस