• राजनीति

    प्रचण्ड–नेपाललाई सूचना दिएको आरोपमा गृहमन्त्री थापाले हटाए स्वकिय अधिकृत

      ओमकार टाइम्स

    काठमाडौं – सूचना चुहाएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई बर्खास्त गरेका छन्। तामाङले आफ्नो सचिवालयमा बसेर प्रचण्ड–नेपाललाई सूचना दिएको आरोप गृहमन्त्री थापाले लगाएका छन्।

    तामाङलाई माघ ३० गतेबाटै लागू हुने गरी हटाइएको छ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको थियो। गृहमन्त्री थापा ओली समूहतिर छन्।

    प्रतिकृया दिनुहोस