• सम–सामयिक

    आखिर के हो डंडीफोर? के कारणले आउँछ डंडीफोर ?

      ओमकार

     

    उफ् ! डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् :

    युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।

    छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

    बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

    डन्डिफोर आउने कारण 
    –हर्मोनमा परिवर्तन तथा खराबी ।
    –अनियमित महिनावारी ।
    –खराब खानपान ।
    –तनाव र अनिद्रा ।
    –उत्तेजना, क्रोध र भय ।
    –शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
    –लामो समयसम्म कब्जियत ।

    यसो गरे राम्रो

    • अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।
    • सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
    • डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।
    • निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
    • राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

    प्रतिकृया दिनुहोस