• राजनीति

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति

      ओमकार टाइम्स

    काठमाडौं – नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ। सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबा तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन्।

    गृहमन्त्री थापा सरकारी वार्ता टोलीका संयोजक र विश्वकर्मा नेकपाका प्रवक्ता हुन्। सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ। सहमतिको विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन्।

    विज्ञप्तीमा बताइएअनुसार सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेको छ।

    बुधबार दुई चरणमा वार्ता गरेका दुबै टोलीले बिहीबर बिहानै वार्ता गरेर सहमति गरेका हुन्। वार्तामा चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको थियो।

    सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सहमतिमा नेकपाको प्रतिबन्ध हटाइएको र उक्त पार्टीका नेता तथा कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्नका लागि सरकारी पक्ष तयार भएको छ।

    प्रतिकृया दिनुहोस