• समाचार

    नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै विप्लव

      ओमकार टाइम्स

    काठमाडौँ : सरकारले प्रतिवन्ध फुकुवा गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् । सरकारले बिहीवार विप्लवसमूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो ।

    प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ । सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन् ।

    प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस