• राजनीति

    सरकारसँग सहमति भएपछि विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

      ओमकार टाइम्स

    सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएपछि नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। उनलाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो।

    बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन्। नेता बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरिएको थियो।

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियाे। सहमतिअनुसार सरकारले पक्राउ परेका नेकपाका नेता र कार्यकर्ताहरुलाई छोड्ने निर्णग गरेको थियो। सहमतिबारे शुक्रबार विस्तृत जानकारी गराइने तयारी भइरहेको छ।

    प्रतिकृया दिनुहोस