• खेलकुद

    प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

      ओमकार टाइम्स

    काठमाडौँ : सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन् ।

    प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष विजेताले २ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

    प्रतिकृया दिनुहोस