• देश

    ब्रेन ह्यामरेजका कारण अचेत भएका वडाध्यक्षको निधन- OmkarTimes.Com

      ओमकार


    रोल्पा । रोल्पा थबाङ गाउँपालिका – १ का वडाध्यक्षको निधन भएको छ ।

     

    वडाध्यक्ष फर्कबहादुर बुढा ब्रेन ह्यामरेजका कारण अचेत भएका थिए । बिरामी उनलाई उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरियो ।

     

    वडाअध्यक्ष बुढालाई अस्पतालमा एक हप्तासम्म राखियो तर उनमा केही सुधार आएन र शुक्रबार चिकित्सकहरुले उपचार सम्भव नहुने बताए ।

     

    चिकित्सकको अनुमतिमा वडाध्यक्षलाई घर फिर्ता पठाएपछि लैजाँदै गर्ने क्रममा मुग्लिनको कुरिनटारमा उनको निधन भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस