• खेलकुद

    सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आजदेखि शुरु

      ओमकार टाइम्स

    काठमाडौँ : सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    ब्वाइज र टुसालबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । ब्वाइजले ९ खेलमा १४ अंक जोडेको छ । टुसाल ९ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । खुमलटार र श्री भगवतीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    श्री भगवतीलाई हराएर खुमलटार शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । श्री भगवती ९ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस