• राजनीति

    नेकपा विवाद थप पेचिलो, एमाले र माओवादी केन्द्र व्यूँतियो

      ओमकार टाइम्स


    काठमाडौं : सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको नेतृत्वमा रहेको नेकपालाई वैधानिकता प्रदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वमा रहेको नेकपाको विवाद थप पेचिलो बनेको छ । ओली र दाहालको नेकपाको मान्यता खारेजीसँगै साविकमा रहेको ओली नेतृत्वको नेकपा एमाले र प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र व्यूँतियो छ ।

    सर्वाेच्चले साविकको नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको र दुवैले एकीकरण गर्न चाहेमा निर्वाचन आयोगले कानुनी प्रावधान पुर्याएर दल दर्ता गर्न आदेश दिएको छ । यो फैसलाले प्रतिनिधि सभा निर्वाचनपछि एमाले र माओवादी केन्द्रले प्राप्त गरेको परिणामले नै मान्यता पाएको छ । ओली र प्रचण्ड दुवैका लागि यो विषय थप पेचिलो बनेको कानुनविदहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस