• स्वास्थ

    पछिल्लो २४ घण्टामा देशभर ६६ जना कोरोना संक्रमित

      ओमकार टाइम्स

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ। उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ।

    प्रतिकृया दिनुहोस