• समाचार

    करेन्ट लागेर मोरङमा एकको मृत्यु

      ओमकार टाइम्स

    सुनसरी : मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।

    आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक आशिसलाई इलेक्ट्रिक क्रेनबाट करेन्ट लाग्दा घाइते भएका थिए ।

    उनको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस