• स्वास्थ

    पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, ६३ जना डिस्चार्ज

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा थप एक सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ६३ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन्। योसंगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ सय ११ जना रहेको छ। पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयको भनाई छ। हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।

    प्रतिकृया दिनुहोस