• समाचार

    कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना, १ को मृत्यु, १० घाइते

      ओमकार टाइम्स

    सुर्खेत  । बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    स्थानीयबासी नैनबहादुर शाहीका अनुशार दुर्घटना परि घाइते भएका १० जना मध्ये ७ जना गम्भिर अवस्थाका घाइतेलाई  एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको छ  । बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ । बस विहान ११ बजे टुइकुनामा दुर्घटना परेको हो ।

    प्रतिकृया दिनुहोस