• खेलकुद

    एपीएफ मेयर कप क्रिकेटको फाइनलमा

      ओमकार टाइम्स


    काठमाडौं । एपीएफ क्लब काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

    मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १७८ रन बनाएको थियो । काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए । बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।

    एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए । यस जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

    प्रतिकृया दिनुहोस