• समाचार

    टोखामा शरीरमा निलडाम र मुखबाट रगत बगेको अवस्था युवकको शव फेला

      ओमकार टाइम्स

    काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-१ मा एक युवकको शव फेला परेको छ ।शनिबार बिहान टोखास्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो ।

    शवको साथबाट मोरङ्गमा बेलबारी स्थायी ठेगाना र  वर्ष २५ को आशिष लिम्बुको नाम रहेको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले रातोपाटीलाई बताए ।  मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

    प्रतिकृया दिनुहोस