• खेलकुद

    आहा रारा गोल्डकप चैत २१ देखी शुरु हुने

      ओमकार टाइम्स

    सहारा क्लब पोखराको आयोजना हुने राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकप चैत २१ देखी शुरु हुने भएको छ ।

    प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी सहित नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लब सहभागि हुने भएका छन् ।

    पोखराको रङ्गशालामा आगामी चैत २१ देखी २८ गते सम्म सञ्चालन हुने १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको शनिवार सम्पन्न पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे छ ।

    प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस