• विदेश

    अमेरिकामा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु | OmkarTimes.com

      ओमकार


    काठमाडौं । अमेरिकाको हवाई राज्यमा शुक्रबार विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

     

    स्काईडाइभिङ गर्ने यात्रुहरू बोकेको विमान दुर्घटनाग्रस्त भएर विस्फोट भएको थियो ।

     

    बीचक्राफ्ट बीई६५ ट्विन इन्जिन विमान शुक्रबार साँझ डिल्लिंघम एयरफील्डबाट उड्ने क्रममा दुर्घटनामा परेको संघीय उड्डयन प्रशासनले जनायो ।

     

    अधिकारीहरूले दुर्घटनामा परेका यात्रुहरूको नाम सार्वजनिक गरेका छैनन् ।

     

    दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानबाट आकाशमा हाम्फाल्ने उद्देश्य लिएका यात्रुहरू त्यसमा सवार थिए । धावनमार्गको एक पर्खालमा विमान ठोक्किन पुगेको थियो ।

    प्रतिकृया दिनुहोस