• मुख्य

    कुमार पौडेल मृत्यु प्रकरण: `फेक इन्काउन्टर´ आशंकाले ल्यायो नयाँ तरंग

      ओमकार


    काठमाडौँ। प्रहरीले दोहोरो भिडन्तमा मारिएका दाबी गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणले नयाँ तरङ्ग ल्याएको छ ।

     

    बिहीबार प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त हुँदा विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको लालबन्दी–१ लखन्ती खोलामा प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरीको दाबी छ । तर विप्लव समूहले भने नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको दाबी गरेको छ ।

     

    विप्लव समूह र प्रहरीको कुरा बाझिनु केही हदले स्वाभाविक होला तर संसद्, संसदीय समिति र सामाजिक सञ्जालमा समेत ‘फेक इन्काउन्टर’को आशङ्का गरिनुले घटनाले नयाँ तरङ्ग लिएकाे हाे । पूर्वमाओवादी निकट सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मणी थापा, सांसद अञ्जना विशंखे, अनेरास्वियुका सहसंयोजक रञ्जित तामाङ लगायतले उक्त घटनाले प्रहरीसँगै सरकारको नियतमाथि प्रश्न उठाएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस
    अरुपनि