• देश

    सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले सप्तकोसीमा डुंगा संचालनमा रोक

      ओमकार



    सुनसरी । सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले सप्तकोसीमा डुंगा संचालनमा रोक लगाएको छ। पूर्वी पहाडी जिल्लामा निरन्तरको वर्षापछि सप्तकोसीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सप्तकोसीमा डुंगा संचालनमा रोक लगाएको हो।

    सुनसरीको बराहक्षेत्र नगरपालिकाको महेन्द्र नगर र प्रकाशपुरबाट सप्तकोसीको श्रीलंका टापुमा सर्वसाधारण डुंगाबाट आवत जावत गर्दै आएका थिए।

     

    जथाभावी डुंगा संचालन गर्दा यस अगाडि पनि दुर्घटनामा परी धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाएका कारण सावधानी अपनाई सप्तकोसीमा डुंगा संचालनमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनले वर्षातको समयमा बाढी आउन्जेलसम्म डुंगा संचालन गर्न नदिने बताएका छन्।

    प्रतिकृया दिनुहोस