• फिचर समाचार

    इलाका प्रहरी कार्यालयमा हिरासतमै महिलाको शव फेला | OmkarTimes.com

      ओमकार


    लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमै महिलाको शव फेला परेको छ ।

     

    मोबाइल चोरीको आरोपमा शनिबार साँझ लहानबाट पक्राउ गरी करिब १० किलोमिटर दक्षिणको महेशबारी प्रहरीको हिरासतमा थुनिएकी करिब २५ वर्षीया सुमनदेवी ठाकुर आइतबार बिहान भुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

     

    आइतबार बिहान करिब सवा ७ बजेतिर हिरासतसँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

    प्रतिकृया दिनुहोस