• फिचर समाचार

    जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु , चारजना घाइते | OmkarTimes.com

      ओमकार


    पर्वत । महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा हिजो साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

     

    लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

     

    दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ ।

     

    घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस