• देश

    मोदीले नेपाललाई हिन्दू राज्य बनाउने पहिलो कदम चाल्न सक्ने संकेत

      ओमकार



    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक सत्तासिन हुँदा उनको नेपाल नीति कस्तो होला ? यही बिषयमा दर्जनौ परराष्टबिद्हरुले आफ्नौ अनुमान र बिद्धता नेपाली मिडियाबाट सार्वजनिक गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दी गरेका मोदीले दोस्रो कार्यकालमा शक्तिशाली हुँदा नेपाल चिन्ता बढ्नु स्वभाविक पनि छ ।

     

     

    दोस्रो कार्यकालको सपथ लिँदा नेपालका प्रधानमन्त्री ओलीलाई मोदीले सपथग्रहण समारोहमा बोलाएर भाइचारा देखाए । तरपनि नेपाल मोदीप्रति विस्वस्त हुन सकेको छैन । नाकाबन्दीका मुख्य नायक विदेशमन्त्री बनेका छन् । तिनै जयशंकरलाई नेपाल बोलाउन सरकारले दुई पटक निमन्त्रणा पठाएको छ ।

     

    तर भारतीय प्रधानमन्त्री मोदीको पहिलो चासो नेपालमा हिन्दू राज्य नेपाल मै देखाएका छन् । उनका विश्वास पात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनारायणले विश्वका सय करोड हिन्दूको गन्तब्य नेपाल हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । मोदीले नेपाललाई हिन्दू राज्य बनाउने पहिलो कदम चाल्न सक्ने संकेत मुख्यमन्त्री योगीले गरेका छन् ।

     

    पछिल्लो समय मोदीका विश्वास पात्र योगीले नेपालमा सक्रिय हिन्दूवादी र पूर्वराजासँग भेटघाट गरिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममा नेपाल हिन्दू राज्य हुनुपर्ने धारणा पनि जोडतोडका साथ राखिरहेका छन् । योगीको भनाईबाट नेपालका हिन्दूबादीहरु हौसिएका छन् भने सिंहदरवारमा चिन्ता छाएको छ ।

     

    मोदीसँग राम्रो सम्बन्ध बनाउन नेपालले विदेशमन्त्री जयशंकरलाई दुई पटक नेपाल भ्रमणको निम्तो दिइसकेको छ । परराष्टमन्त्रालयले आइतबार मात्र जयशंकरलाई अर्काे निम्तो पठाएको छ ।

    प्रतिकृया दिनुहोस