• देश

    मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलितलाई पुजापाठमा रोक

      ओमकार

     

    प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पुजा गर्न रोक लगाइएको छ । बाराको परवानीपुर गाँउपालिका १ बुनियादमा बुधबारदेखि आयोजित बिष्णु महायज्ञमा दलितलाई पुजापाठगर्न रोक लगाइएको हो ।

     

    महायज्ञको सम्पूर्ण तयारी गर्न खटाए पनि महायज्ञ उद्घाटनका दिन पुजामा बस्न नदिने निर्णय महायज्ञ आयोजक समितिका अध्यक्ष एवं सोही वडाका अध्यक्ष मिश्री महतोबाट भएको राजेश चमारले बताए । उनले भने, ‘महायज्ञको कलश यात्रामासमेत सहभागी भएर मण्डपसम्म आएको थिए,’ उनले भने, ‘तर टिका लगाउने बेला पुजामा बसेका भक्तजनले रोक लगाए ।’

     

    विगतमा महायज्ञमा दलित समुदायका व्यक्तिलाई सहभागी गराइएपनि बिष्णु महायज्ञमा रोक लगाइएको उनले बताए । महायज्ञमा चमार जातिका व्यक्तिलाई सहभागी नगराउनु दुखद कुरा भएको गाँउका दलित अगुवाहरु बताए । वडाअध्यक्ष एवं समितिका अध्यक्ष मिश्री महतोले गाँउमा पुजापाठमा बसेका केही व्यक्तिले चमारलाई पुजामा बस्नमा रोक लगाएको स्वीकारेका छन् । उनले भने, ‘गाँउमा सबै व्यक्ति एकै किसिमको नभएकोले यस्तो समस्या आएको हो । यस विषयमा छलफल गरेर पुजामा सहभागी गराउन पहल हुन्छ ।’

    बिष्णु महायज्ञ एकसाता सम्म चल्छ ।

    प्रतिकृया दिनुहोस