• देश

    पेस्तोलसहित अशोक राई सहित अरु एकजना पक्राउ, अनुसन्धान जारी | OmkarTimes.com

      ओमकार


    विराटनगर । प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।

     

    पक्राउ पर्नेमा मोरङको सुन्दर–हरैँचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझी रहेका छन । वेलबारी नगरपालिका–४ स्कुल डाँडाबाट उनीहरू समातिएको पनि प्रहरीले जनाएको छ ।

     

    प्रतिकात्मक तस्बीर ।

     

    को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले दुई थान पेस्तोल र पेस्तोलमा लाग्ने म्यागजिन ४ थान र गोली १४ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

     

    पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस