• खेलकुद

    आर्मीले किर्गिस्तानसँग आज मैत्रीपूर्ण फुटबल खेल्दै

      ओमकार टाइम्स

    काठमाडौँ : एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

    आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३ः३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ । आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।

    आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

    भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् ।

    समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

    प्रतिकृया दिनुहोस