• मनोरञ्जन

    चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित

      ओमकार टाइम्स


    मुम्बई । बलिउडको चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् ।

    ‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले अगाडि भनेकी छन् ‘उनी अहिले ब्रीच क्यान्डी अस्पतालमा डाक्टरको निगरानीमा रहेका छन् । उनी छिट्टै निको भएर घर फर्किनेछन् । शुभकामना र सुभेच्क्षाका लागि धन्यवाद ।’

    बलिउडमा रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खानलगायत थुप्रै स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।गीतसंगीतको कुरा गर्ने हो भने बप्पीले निकै सुपरहिट गीत दिएका छन् । जसमा ‘सुपर डान्सर’, ‘बम्बे से आया मेरा दोस्त’, ‘ऐसे जीना भी क्या जीना है’, ‘प्यार चाहिए मुझे जीने के लिए’, ‘रात बाकी’, ‘यार बिना चैन कहाँ रे’ लगायत रहका छन् ।

    प्रतिकृया दिनुहोस