• खेलकुद

    विश्वकप छनोटमा जर्मनी पराजित

      ओमकार टाइम्स

    फिफा विश्वकप छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ गोलअन्तरले पराजित भएकाे छ । डुइसवर्गमा बुधबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोरान पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै नर्थ म्यासेडोनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

    ६३औं मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै जर्मनीलाई २–१ ले स्तब्ध पारे ।

    प्रतिकृया दिनुहोस