• देश

    पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुनेछ – प्रचण्ड | OmkarTimes.com

      ओमकार


    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन्।

     

    नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पार्ने बताए।

     

     

    ‘पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौँ, हस्ताक्षर गरेका छौँ, जस्तावेजीकरण गरेका छौँ,’ उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौँ, कुनै कुनै बहाना खोज्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुन सक्दैन।’

     

    पछिल्लो समय नेकपाभित्र पार्टीको कार्यदिशालाई लिएर विवाद बढेको छ। पार्टीको कार्यदिशा जनताको बहुदलिय जनवाद हुने कि जनताको जनवाद हुने भन्ने विषयमा विवाद बढेको हो।

     

    अध्यक्ष दाहालले एकताका सहमतिलाई गम्भीरताका साथ कार्यान्वयन गरिनेमा जोड दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस