• खेलकुद

    त्रिदेशिय क्रिकेट शृखंलाका लागि टिकट दर सार्वजनिक

      ओमकार टाइम्स


    काठमाण्डौ। वैशाख ४ बाट ११ गतेसम्म चल्ने त्रिदेशिय क्रिकेट शृखंलाका लागि नेपाल क्रिकेट संघ(क्यान)ले टिकट दर सार्वजनिक गरेको छ। नेपाल,नेदरल्याण्ड र मलेसिया सहभागी रहने सो क्रिकेट शृखंला एक साता सम्म चल्ने छ ।

    शृखंलाको खेल तालिका सार्वजनिक नभए पनि खेल दिउसो २:१५मा सुरु भएर साझ ५:१५मा सकिने छ। एक साताको सो प्रतियोगिताका लागि क्यानले रु १५० को टिकटको व्यवस्था गरेको क्यानद्वारा आज जारी विज्ञप्तीमा बताएको छ।

    प्रतिकृया दिनुहोस