• खेलकुद

    आहा रारा गोल्डकपको फाइनलमा पुलिस प्रवेश

      ओमकार टाइम्स


    पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

    प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी नं. ७७ का बुद्ध बल तामाङले गोल गर्न सफल भएका थिए । उनले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । यस्तै तेज तामाङ, सौजन राई र सुमन लामाले एक–एक गोल गरेर प्रतियोगितामा फराकिलो जित अन्तर कायम गरे ।

    दोस्रो हाफको ६७ औं मिनेटमा तेजले गरेको गोलसँगै २–० को अग्रता कायम भएको थियो । त्यसको ६ मिनेट पछि पुलिसकै सुमन लामाले ७३ औं मिनेटमा गरेको गोलसँगै ३– ० का गोलको अग्रता कायम गर्न पुलिस सफल भएको थियो । त्यस्तै खेलको ८५ औं मिनेटमा सौजन राईले पुलिसका लागि थप गोल गरेपछि ४–० को जित सुनिश्चित भएको हो ।

    प्रतिकृया दिनुहोस