• मनोरञ्जन

    कोरोनाले संक्रमणमा ल्याउदै बलिउडलाई पछिल्लो शिकार भईन् कटरिना

      ओमकार टाइम्स

    एजेन्सी। अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यो संक्रमणले बलिउडका कलाकारलाई पनि छोडेको छैन ।

    कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु।डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ उनले लेखेकी छन् ।

    अक्षय र कटरीना रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा सँगै देखिँदैछन् । कोरोनाका कारण अक्षय अस्पताल भर्ना भएपछि फिल्मको प्रदर्शनको मिति पनि सारिएको छ । फिल्म अप्रिल ३० मा हलहरुमा आउने तयारीमा थियो ।

    प्रतिकृया दिनुहोस