• राजनीति

    जनता सबैतिर जागरुक हुनुपर्‍यो, जनता सबै उठ्नुपर्‍यो : प्रचण्ड

      ओमकार टाइम्स

     

    काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताएका छन् ।

    रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले मुलुकमा भइरहेका विभिन्न किसिमका षड्यन्त्रविरुद्ध  जनता जागरुक हुनुपर्ने बताए ।

    यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्‍यो, जनता सबै उठ्नुपर्‍यो प्रचण्डले भने ।

    उनले मुलुकमा राजनीतिक स्थायित्व होस्, विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको आरोप लगाए ।

    कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि त्यसलाई मानेरै अगाडि बढ्ने उनको भनाइ थियो ।

    ुजबकि त्यो रिट पर्‍या थियो, नामको विवादमा । एमाले र माओवादी अलग गरिदिनुपर्‍यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनुससम्म भन्ला भनेका थियौं हामीले, तर अनौठो भयोु, प्रचण्डले भने, यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने, सहमत छैनौं भन्नचाहिँ पाइने । त्यसैले मानेरै अगाडि बढ्छौं ।ु

    धेरै ठूलो संघर्ष, बलिदानी र मेहनतपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै प्रचण्डले त्यसको रक्षा गर्न आफू लागिरहने बताए ।

    रुकुमबाट आफू ऊर्जा लिएर काठमाडौं फर्किने उनको भनाइ थियो ।

     

     

    प्रतिकृया दिनुहोस