• कला/ साहित्य

    मोफसलमा तीन पुस्तक एकैपटक विमोचन

      पुष्प आर.जे.

    दमक।गएको शनिबारको दिन प्रगतिशील लेखक सङ्घ झापाको मुख्य आयोजना साथै प्रतिभा निकुञ्ज नेपाल र साहित्यकला सङ्गम दमकको सह अायोजनाम साहित्यकार बिन्दु मूकदर्शकको विशेष महत्त्व, शोक खण्डकाव्य रङ्ग -तरङ्ग र दधिराम खनालद्वारा लिखित स्मृतिका पाइलाहरू एकै साथ विमोचन भएको छ।

    मेची सहकारीको सभाहलमा भएको उक्त कार्यक्रममा लीला प्रसाद अधिकारीले सन्चालन गर्नु भएको थियोे।राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा राजेन्द्र कुमार संग्रौलाले सभापतित्व गर्नु भएको थियोे।

    प्रमुख अतिथि हेम सुवेदी, विशिष्ट अतिथि हेम अधिकारी, नवराज घिमिरे, नरपति पाण्डे,ध्रुव न्यौपाने को गरिमामय उपस्थिति थियोे। स्वागत मन्तव्य नरपति पाण्डेको रहेको थियो।प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रम सुरु भएको थियोे।

    पुस्तकको समीक्षा गोबिन्द बस्नेत, यज्ञ परिश्रमी र हरि कट्टेलले गर्नु भएको थियोे। कार्यक्रममा लेखकको भनाइ समेटिएको थियोे। उपस्थित साहित्यकारहरेले रचना बाचन गर्नु भएको थियोे। कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियोे।

    प्रतिकृया दिनुहोस