• स्वास्थ

    थप ३ सय ३२ जनामा कोरोना संक्रमण, ७९ जना काेराेनामुक्त

      ओमकार टाइम्स

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनामा गरिएको परीक्षणमा ३३२ जना संक्रमित भेटिएका हुन्। थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन्।

    पछिल्लो २४ घन्टामा ७९ जना निको भएर घर फर्किएका छन्। योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ।

    प्रतिकृया दिनुहोस