• मुख्य

    `राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न सकेन´

      ओमकार


    काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको बताएका छन् ।

     

    मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढन नसकेको प्रष्टयाएका हुन् ।

     

    नागरिकता सम्बन्धि विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाई भएको गृहमन्त्री थापाको दावी छ ।

     

    गृहमन्त्री थापाले प्रहरी कर्मचारी समायोजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि राजनीतिक सहमति जुटाउने प्रयास गर्दा समितिमा पेश गर्न केही ढिलाई भएको पनि बताए ।

     

    नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

    संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले सो विषयमा सहमति जुटाउन अझै सकेको छैन ।

     

    नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच नेपाली महिलासँग विवाह गर्नै विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

    प्रतिकृया दिनुहोस