• स्वास्थ

    पछिल्लो २४ घण्टामा देशभर थप २ सय ८८ जनामा कोरोना संक्रमित थपिए

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा देशभर थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म २ लाख ७९ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनामा गरिएको परीक्षणमा २ सय ८८ जना संक्रमित भेटिएका हुन्। थपिएकामध्ये काठमाडौं जिल्लामा मात्र १ सय ७ जना रहेका छन्।

    तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ। हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    प्रतिकृया दिनुहोस