• राजनीति

    सभापति देउवाको नेतृत्वमा सरकार बन्छ : महामन्त्री कोइराला

      ओमकार टाइम्स

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

    उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता छन्। उनकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाई थियो।

    उनले भने ‘जसपासँग छलफल भइरहेको छ। उनीहरु पनि आन्तरिक छलफलमा छन्। जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए। फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन।’

     

    प्रतिकृया दिनुहोस