• मुख्य

    सिराहामा डाका समूहले गर्यो व्यापारीको गोली हानी हत्या

      ओमकार टाइम्स

    सिरहामा मध्यराति सुतिरहेका एक व्यापारीको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहानमा डाकाको समूहले एक व्यापारीको गोली हानी हत्या गरेको हो ।

    लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको प्रहरीको भनाइ छ । डाका गर्न आएको हतियारधारी समूहले गोली हानी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले बताए ।

    उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । अनिताको लहान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस