• देश

    घाँस काटने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु | OmkarTimes.com

      ओमकार


    बुटवल ।  गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

     

    जिल्लाको पूर्वी कालीगण्डकी  गाउँपालिका २ अर्बेनीकी ३४ वर्षीया सरस्वती न्यौपानेको घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

     

    प्रहरी निरीक्षक रविन्द्र खड्का अनुसार आफ्नै खरबारीमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको हो । न्यौपानेको शवलाई रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आज साँझ नै आफन्तको जिम्मा लगाइएको छ ।

    प्रतिकृया दिनुहोस