• स्वास्थ

    भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार

      ओमकार टाइम्स

    नयाँदिल्ली – भारतमा कोरोना भाइरसको संक्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।

    गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जानकारी दिएको छ।

    पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ। आइतबार भाइरस संक्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ। यसवर्ष शुरु भएपछि हालसम्मको तथ्यांक्रलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो।

    भारतका कुल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जानकारी दिएको छ। संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ। यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन्।

    भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो। सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन्।

    प्रतिकृया दिनुहोस