• स्वास्थ

    नेपालमा कोरोना संक्रमण तिब्र , पछिल्लो २४ घण्टामा ५०० भन्दाबढी संक्रमित थपिदा ५ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

    यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस