• मुख्य

    पौडी खेल्ने क्रममा नहरमा डुबेर दुई किशोरको मृत्यु

      ओमकार टाइम्स


    सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिका–१४ नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुश भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी हुन्।

    हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस